अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४२ | Colorodo: 03:57

प्रताप दास र निता आचार्यको गीत ‘झिम झिम परेली’ सार्वजनिक

बिआरटीनेपाल २०८० माघ १२ गते ५:४० मा प्रकाशित

प्रताप दास र निता आचार्यको स्वरमा रहेको गीत ‘झिम झिम परेली’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक भएको हो ।

कार्यक्रममा बोल्दै अभिनेता एवं निर्माता कृष्ण मल्लले गीत कला क्षेत्रको सर्वव्यापी माध्यम भएको बताउनुभयो । उहाँले गीत झिम झिम परेली सबैले रुचाउनेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले विदेशमा रहेर पनि नेपाली कला, संगीत र नेपाली माटोलाई बिर्सन नसक्नु ठूलो खुबी भएको बताउनुभयो ।

गीतको निर्देशन केशवराज भट्टले गर्नुभएको हो भने संगीत शंकर थापा र गीतका लेखक डिपि खनाल हुनुहुन्छ ।

प्रतिक्रिया