अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४८ | Colorodo: 01:03

गायक यम बरालको ‘साथी’ गीत सार्वजनिक

बिआरटीनेपाल २०८० माघ १० गते ५:०८ मा प्रकाशित

गायक यम बरालको गीत ‘साथी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो ।

गीतमा साथीबीचको प्रेम भाव र साथीको सम्मानलाई देखाइएको छ । कार्यक्रममा बोल्दै गायक बरालले गीतले साथी र साथीत्वको मर्मलाई उजागर गरेको बताए ।

गीतको म्युजिक भिडियोमा सञ्जीत भण्डारी र मेघ सुवेदीको अभिनय रहेको छ । गीतमा यम बराल र विश्व नेपालीको स्वर रहेको छ ।

प्रतिक्रिया