अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३१ | Colorodo: 08:46

‘भ्वाइस अफ नेपाल’ काे पाँचाैँ सिजनकाे उपाधि विनोद राईलाई

बिआरटीनेपाल २०८० पुष २८ गते ६:१० मा प्रकाशित

‘द भ्वाइस अफ नेपाल’काे पाँचाैँ सिजनको उपाधि इलामका विनोद राईले जितेका छन् । गएराति ललितपुर गोदावरीमा रहेकाे सनराइज हलमा भएको ग्राण्ड फिनालेमा राईले तीन प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् ।विजेता राईले २० लाख रूपैयाँसहित विभिन्न पुरस्कार हात पारेका छन् । दर्शकले दिएको भाेटकाे आधारमा विजेता घोषणा गरिएको हाे । विजेता राई कोच मिलन नेवारकाे समूहबाट प्रतिनिधित्व गर्छन् ।

यस्तै, मकरबहादुर योञ्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भएका छन् । ‘द भ्वाइस अफ नेपाल’ काे पाँचाैँ सिजनमा प्रमोद खरेल, राजेश पायल राई, मिलन नेवार र उदय सोताङ कोचको भूमिकामा रहेका थिए ।

प्रतिक्रिया