अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५८ | Colorodo: 05:13

हङकङको जिल्ला परिषदमा पहिलो नेपाली अरुणा गुरुङ

बिआरटीनेपाल २०८० मंसिर २७ गते ६:४३ मा प्रकाशित

हङकङमा लामो समयदेखि समाज सेवामा सक्रिय अरुणा गुरुङ जिल्ला परिषद सदस्यमा चयन हुनुभएको छ । हङकङ सरकारले मंगलबार याउचिम मोङ जिल्ला परिषद् सदस्यमा गुरुङलाई चयन गरेको हो । जातीय अल्पसंख्यकको प्रतिनिधित्व गर्दै नेपाली समुदायबाट हङकङमा यो पदमा पुग्ने अरुणा पहिलो हुनुहुन्छ । हङकङ सरकारले सन् २०२४ देखि ०२७ सम्मका लागि जिल्ला परिषद् सदस्य नियुक्तिको घोषणा गर्दै जातीय अल्पसंख्यकको प्रतिनिधित्वका लागि नेपाली समुदायबाट अरुणा गुरुङ नियुक्त भएको घोषणा गरेको छ ।

हङकङको जातीय अल्पसंख्यक समुदाय र विभिन्न क्षेत्रमा गुरुङले गरेका सकारात्मक योगदानहरूको मूल्याङ्कन गर्दै सरकारले गुरुङलाई जिल्ला परिषद सदस्य पदमा नियुक्त गरेको हो । जिल्ला परिषद सदस्यको कार्यकाल चार वर्षको हुन्छ । परिषद सदस्यमा चयन भएपछि गुरुङले अभन्नुभएको छ, ‘मेरा लागि यो चुनौती र अवसर दुवै हो । आजसम्म मैले गरेको कामको मूल्याङ्कन गरेर हङकङ सरकारले यति ठूलो जिम्मेवारी दिएकोमा खुशी बाँड्न चाहन्छु ।’

दुइ सन्तानकी आमा गुरुङले ३२ बर्षसम्म क्याथे प्यासफिक एयरलाइन्समा काम गर्नुभएको थियो। ‘अब मैले हङकङका अल्पसंख्यक नेपाली र अरु समुदायको हितमा काम गर्ने जिम्मेवारी पाएकी छु ’, उहाँले भन्नुभयो । गैरचिनियाँ अल्पसंख्यक समुदायबाट चयन हुने गुरुङ एक्लो प्रतिनिधि हुनुहुहुन्छ । स्थानीय क्यान्टोनिज भाषामा पोख्त गुरुङको पुर्ख्यौली थलो कास्कीको पोखरा हो । उहाँका बाबु मेजर दीपकबहादुर गुरुङ ब्रिटिस गोर्खा सैनिक रहेकाले अरुणा हङकङ मै जन्मेर त्यहीँको विद्यालय र कलेजमा पढ्दै हवाइ क्षेत्रको व्यावसायिक जागिरबाट पेशागत जीवन सुरु गर्नुभएको थियो ।

नवनियुक्त गुरुङले ३२ वर्षसम्म हङकङको ड्रागन एयर र क्याथे प्यासिफिक एयरलाइन्समा सेवा गनुृभएको थियो । क्याथे प्यासिफिक एअरलाइन्समा इम्फ्लाइट सर्भिस म्यानेजर पदबाट तीन बर्ष अघिमात्र अवकाश लिएकी उहाँलाई यसअघि हङकङ सरकारले २०१२ मा ‘चिफ एक्ज्युकेटिभ कमेन्डेसन फर कम्युनिटी सर्भिस’ पुरस्कारले समेत सम्मानित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू