अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३४ | Colorodo: 23:49

शेयर बजार दाेहाेराे अङ्कले बढ्याे, २ अर्ब ७९ कराेड रुपैयाँकाे काराेबार

बिआरटीनेपाल २०८० मंसिर २१ गते ५:३७ मा प्रकाशित

शेयर बजार लगातार दाेस्राे दिन पनि बढेकाे छ । हिजाे बुधवार ३ अङ्कले बढेकाे शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ७३ अङ्कले बढेर १ हजार ८ सय ५२ दशमलव ७३ विन्दुमा पुगेकाे छ ।आज व्यापारबाहेक सबै समूहकाे शेयर बढेकाे छ । आज बीमा, हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन, विकास बैंक र जलविद्युत् समूहकाे शेयर उच्च अङ्कले उकालाे लागेकाे छ ।

आज सबैभन्दा धेरै त्रिशूली जलविद्युत् कम्पनीकाे शेयर १० प्रतिशत तथा समाज लघुवित्त र सीवाईसी नेपाल लघुवित्तकाे शेयर झन्डै १० प्रतिशतले बढेकाे छ । समग्रमा बजार बढेकाे दिन आज ग्लाेबल आईएमई लघुवित्तकाे शेयर साढे ७ प्रतिशतभन्दा धेरैले घटेकाे छ । आज ९५ लाख कित्ता शेयर २ अर्ब ७९ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनीकाे ८६ कराेड ८३ लाख रुपैयाँकाे शेयर किनबेच भयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू