अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०१ | Colorodo: 03:16

एकताबद्ध भए कांग्रेसले बहुमत ल्याउन सक्छ: देउवा

बिआरटीनेपाल २०८० मंसिर १९ गते ६:०० मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भए चुनावमा बहुमत ल्याउन सक्ने बताउनुभएको छ । कांग्रेस ओखलढुंगाको सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै देउवाले अहिलेको निर्वाचन प्रणालीअनुसार एकल बहुमत ल्याउन पार्टीलाई मुश्किल पर्ने पनि बताउनुभयो।

‘एउटा पार्टीको मात्र बहुमत ल्याउन अलि गाह्रो छ। तैपनि पार्टी एकताबद्ध भए बहुमत ल्याउन सकिन्छ,’ देउवाले भन्नुभयो, ‘बहुमत ल्याए कांग्रेसले चाहे जसरी काम गर्न सक्छ।’ सभापति देउवाले संघीयता कार्यान्वयनमा जोड दिनुभयो।

‘हाम्रो देश संघीयतामा गइसकेको छ। यो संघीयतालाई हामीले राम्रोसँग चलायौं भने हाम्रो देशको विकास हुन सक्छ,’ उहाँले भन्नुभयो, ‘आदिवासी(जनजाति, महिला सबैको प्रतिनिधित्व हुने गरी हामीले संविधान पनि बनाएका छौं।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू