अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५५ | Colorodo: 02:10

गीतकार शङ्कर कोइरालाको शब्दमा कस्तुप र अन्जुको सहकार्य ‘परदेशी’ (भिडियोसहित)

बिआरटीनेपाल २०८० मंसिर १५ गते ११:५१ मा प्रकाशित

काठमाडौँ । नेपाल सरकारको पूर्व प्रशासकका रूपमा कुशल भूमिका निभाएका चर्चित गीतकार शङ्कर कोइरालाको शब्द तथा मौलिक सर्जक कस्तुप पन्तको संगीत रहेको ‘परदेशी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कस्तुप पन्तको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा चर्चित गायिका अन्जु पन्तको स्वर समेटिएको छ ।

गीतको संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन् ।

मुकुन्द भट्ट र स्मृति थापाको उत्कृष्ट अभिनयले भिडियोलाई रोमाञ्चक बनाएको छ । यात्रामा हिँडेको एउटा अन्जान परदेशी युवा कुनै युवतीको घरमा बास बस्दाको चिनाजानी अनि उनले त्यस ठाउँका विभिन्न मनोरम दृश्यहरू देखाउँदा देखाउँदै मौलाएको माया गीतको भिडियोमा देखाइएको छ ।

त्यस ठाउँमा बस्दै गर्दा गाढा बन्दै गरेको माया परदेशीको बसाइ सकिएसँगै अन्त्य भएको वियोगान्त कथालाई अन्तिममा सस्पेन्स राखिएको छ । अर्थात्, त्यसपछि के भयो होला भन्ने कौतुहलता आम दर्शकहरूमा हुन्छ । भिडियोलाई वसन्त बिजे महर्जनले खिचेका छन् भने प्रवीण थापाको निर्देशन र अमृत चापागाईंको सम्पादन रहेको छ । सारथि म्युजिकले प्रस्तुत गरेको भिडियो मनोरञ्जनको लागि भन्दा पनि ललितपुरको लेले क्षेत्रका रमणीय दृश्यहरू हेर्दा त्यहाँको पर्यटन प्रवर्द्धनका निम्ति बनाइएको आभास हुन्छ ।

प्रतिक्रिया