अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

नोभेम्बरमा १ लाख ८ हजार पर्यटक नेपाल भित्रिए

बिआरटीनेपाल २०८० मंसिर १५ गते ६:०७ मा प्रकाशित

नेपालमा गएको नोभेम्बर महिनामा एक लाखभन्दा धेरै पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार नोभेम्बरमा एक लाख आठ हजार ६ सय ३० जना पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२२ को नोभेम्बरमा ७२ हजार ६ सय ५३ जना पर्यटक नेपाल आएका थिए । यस्तै, कोरोना महामारी शुरु हुनुअघिको वर्ष सन् २०१९ को नोभेम्बरमा एक लाख ३० हजार तीन सय २ जना पर्यटक नेपाल आएका थिए ।

सन् २०१९ को तुलनामा पर्यटक आगमन ८३ दशमलव ३६ प्रतिशतले पुनरुत्थान भएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो । यस वर्षको नोभेम्बरमा सबैभन्दा धेरै पर्यटक भारतबाट २४ हजार ४ सय ४३ जना आएका छन् । यस्तै, अमेरिकाबाट ११ हजार ४ सय ६१ जना र चीनबाट सात हजार ६०१ पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू