अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१३ | Colorodo: 19:28

नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढ्यो : मन्त्री लिम्बु

बिआरटीनेपाल २०८० मंसिर १५ गते ५:५९ मा प्रकाशित

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढीरहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय युवा नीति बहस सम्बन्धी राष्ट्रिय कार्यशालामा बोल्दै मन्त्री लिम्बुले यस्तो बताउनुभएको हो । उहाँले विदेशी शक्तिका कारण देशमा अस्थिरता भएको बताउनुभयो ।

मन्त्री लिम्बुले राजनीतिक क्षेत्र अस्थिर हुँदा देशमा विकास हुन नसक्ने बताउनुभयो । उहाँले राजनीति किन गर्ने ? के पाइन्छ ? भन्ने खालको प्रश्न युवाहरुले गर्ने गरेको भन्दै अब राम्रोका लागि दबाब सिर्जना गर्ने र राम्रोका लागि सुझाव दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले अबको नीति अग्रज, युवा र भावि पुस्तालाई जोड्ने गरी निर्माण हुनुपर्ने बताउनुभयो ।

मन्त्री लिम्बुले युवाहरुले आगामी दिनलाई उज्यालो बनाउन कसरी सकिन्छ भन्नेकुरामा जोड दिँदै नैराश्यता त्यागेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले राजनीतिक क्षेत्रलाई सधैँ नकारात्मक दृष्टिकोणबाट नहेरी सुझाव र सुधार गर्दै अघि बढ्न आवश्यक रहेको बताउनुभयो । मन्त्री लिम्बुले सार्वजनिक बिदाको व्यवस्थापनमा सरकारबाट युवा पुस्ताले चाहेको कुरा आफूले सुझाव लिन चाहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू