अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३२
| Colorodo: 22:47
राष्ट्रपति रामचन्द्र पौडेलले माेजाम्बिक र इटालीका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गर्नुभएकाे छ । नेपालकाे संविधानकाे धारा २८२ काे उपधारा (१) बमाेजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज बिहीवार गैरआवासीय नेपाली राजदूत नियुक्त गर्नुभएकाे हाे ।
राष्ट्रपतिले दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिक र स्विट्जरल्यान्डका लागि नेपालका आवासीय राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।