अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

विपिन जोशीको बिना शर्त रिहाइ गर्न अन्तर्राष्ट्रिय शक्तिहरुसँग आग्रह गर्ने संसदीय समितिको निर्णय

बिआरटीनेपाल २०८० मंसिर १४ गते ५:२६ मा प्रकाशित

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हमासको बन्धनमा रहनुभएका नेपाली विद्यार्थी विपिन जोशीको बिना शर्त रिहाइ गर्न अन्तर्राष्ट्रिय शक्तिहरुसँग आग्रह गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले अन्तर्राष्ट्रिय समुदायसँग बिना शर्त रिहाई गर्न आग्रह गर्ने निर्णय गरेको हो ।बैठकपछि निर्णय सुनाउँदै समिति सभापति राजकिशोर यादवले विपिन जोशीको बिना शर्त अविलम्व रिहाईको लागि हमास लगायत अन्तर्राष्ट्रिय शक्तिहरुसँग आग्रह गर्ने निर्णय भएको बताउनुभयो । उहाँले नेपाल कुनैपनि पक्षधरता देश नरहेको र जहिले पनि शान्तिको वकालत गर्ने भएकाले नेपालका नागरिकलाई कुनैपनि कारणबिना बन्धक बनाइनु नहुने बताउनुभयो ।

सभापति यादवले साथै समितिको बैठकले समितिको ६ महिनाको भावी कार्ययोजना र समितिको कार्य प्राथमिकीकरणका लागि नौ सदस्यीय कार्यदल गठन गरेको बताउनु भयो । उहाँले कार्यदलले समितिको प्राथमिकीकरण कुन विषयलाई कहिले टुंग्याउने भन्ने निस्कर्ष निकाल्ने बताउनुभयो । कार्यदलका संयोजक राजकिशोर यादवसहित सदस्यमा उदय समशेर जबरा, एकनाथ ढकाल, छिरिङ यामु लामा, देवीप्रकाश भट्टचन, डा. धवल समशेर जबरा, प्रेम सुवाल, शिशिर खनाल, सम्झना थपलिया हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू