अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३३ | Colorodo: 19:48

महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्छ : आरजु राणा

बिआरटीनेपाल २०८० मंसिर १४ गते ५:२२ मा प्रकाशित

नेपाली कांग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति डा. आरजु राणा देउवाले पार्टीको महासमिति बैठकमा पार्टीमा महिला पदाधिकारीको बारेमा आवाज उठाउने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित नेपालको राजनीतिमा महिला नेतृत्वकर्ताहरुको रुपान्तरित नेतृत्व परियोजना विषयक गोष्ठीमा बोल्दै सभापति राणाले यस्तो बताउनुभएको हो । उहाँले महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्ने कुरा आफूहरुले केन्द्रिय समितिमा राखिसकेको र पार्टीका आसन्न महासमिति बैठकमा पनि राख्ने बताउनुभयो ।

सभापति राणाले पार्टीको पदाधिकारीमा सहमहामन्त्रीमा पदमा एकजना मात्रै महिला राखेको र उपसभापति, महामन्त्रीमा नराखिएकोप्रति असन्तुष्टि जनाउनुभयो । उहाँले पार्टीका विभागहरुमा महिलालाई ३३ प्रतिशत अधिकार र नेतृत्व नदिइएकोप्रति पनि असन्तुष्टि जनाउनुभयो । उहाँले आफूहरु पार्टीका विभागहरु भोट हाल्न मात्रै बसेको हो ? भन्दै प्रश्न गर्नुभयो । सभापति राणाले संविधान नै संशोधन गरेर भएपनि ३३ प्रतिशत महिलाको अधिकार हरेक ठाउँमा दिनुपर्ने बताउनुभयो । उहाँले ३३ प्रतिशत महिलाको अधिकारबाट प्रत्यक्ष चुनाव लड्ने ठाउँ अब बनाउनैपर्ने बताउनुभयो । सांसद राणाले सबै ठाउँमा महिला–महिलाबीच प्रतिष्पर्धा गर्ने स्थान हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू