अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३९ | Colorodo: 22:54

९१ किलाे गाँजासहित बझाङमा ३ जना पक्राउ

बिआरटीनेपाल २०८० मंसिर ११ गते ५:५२ मा प्रकाशित

बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ बाट ९१ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा खप्तडछान्ना–७ का ६४ वर्षका खडक खड्का, गोर्खाको अजिरकोट गाँउपालिका–२ का ३८ वर्षका सन्तोस गुरुङ र पर्साको सुकौली पटौली गाउँपालिका–९ लक्ष्मीपुरका ५५ वर्षका रामबहादुर गुरुङ रहेका प्रहरीले जनाएको छ ।

खप्तडछान्ना–७ को गोर्खाली गाउँबाट गाँजाकाे कारोबार भइरहेको भन्ने सूचनाका आधारमा आज साेमवार खडकबहादुर बोहराको घरमा खानतलासी गर्दा गाँजा बरामद भएकाे जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) भरतबहादुर शाहले बताउनुभयो । पक्राउ परेका तीनै जनालाई प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू