अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५० | Colorodo: 04:05

‘नागरिक पहिलो’ अभियानको घोषणा

बिआरटीनेपाल २०८० मंसिर ११ गते ५:४० मा प्रकाशित

नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा गरिएको हो ।आजसम्म राजनीति र राज्यको केन्द्रमा शासकहरु भएको र राजनीतिलाई सत्ता प्राप्तिको रुपमा मात्रै लिइएको भन्दै राजनीतिको केन्द्रमा नागरिकहरुलाई स्थापित गराउनका लागि अभियानको थालनी गरिएको जनाइएको छ ।

कार्यक्रममा बोल्दै नागरिक पहिलो अभियानका अभियन्ता केशव दाहालले आफूहरुको राजनीतिमा नागरिक पहिलो हुनुपर्छ भन्ने सिद्धान्तलाई स्थापित गरेर मात्रै देशको समस्याहरुको समाधान हुने विश्वासका साथ अभियानको घोषणा गरेको बताउनुभयो । उहाँले नागरिक केन्द्रीत राज्य, नागरिक केन्द्रीत अर्थ व्यवस्था, नागरिक केन्द्रीत सामाजिक/आर्थिक प्रवन्ध र नागरिक केन्द्रित विदेश सम्बन्ध अभियानको केन्द्रीय दृष्टिबिन्दु भएको स्पष्ट पार्नुभयो ।

अभियन्ता दाहालले वर्तमान राजनीतिक संकट समाधानका लागि राजनीतिक पुनःगठन आवश्यक रहेको उल्लेख गर्दै राजनीति, विचार, संरचना, एजेण्डा र राजनीतिक संस्कृतिहरुको पुन?गठनमा नागरिक पहिलो भन्ने अवधारणा स्थापित हुनुपर्ने बताउनुभयो ।

अभियन्ता दाहालले सो अभियान एक स्वतन्त्र नागरिक अभियान भएको बताउनु भयो । अभियानले अभियानमा सामेल भई देशको सार्वभौमसत्ताको रक्षा, सुशासन, समावेशिता, सामाजिक न्याय, आर्थिक विकास, समृद्धि र सहभागितामूलक लोकतन्त्रलाई संस्थागत गर्ने अभियानमा योगदान गर्न सबैमा अपील गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू