अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४६ | Colorodo: 20:01

सुकुम्बासी समस्या हल गर्न एक हप्ताभित्र ऐन संशोधन हुन्छ : प्रधानमन्त्री दाहाल

बिआरटीनेपाल २०८० मंसिर ११ गते ५:३६ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहालले सुकुम्बासी समस्या हल गर्नका लागि एक हप्ताभित्र ऐन संशोधन गर्ने दाबी गर्नुभएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा पार्टीको वेबसाइट सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले एक हप्ताभित्र सुकुम्बासी समस्या हल गर्नेगरी पुराना ऐनहरु संशोधन गर्ने निर्णय गरिएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले सुकुम्बासी स्ववासी, अव्यवस्थित बसोवासी र उनीहरुको समस्या हल गर्न ऐन नै संशोधन गर्ने बताउनुभयो । उहाँले वनले गर्दा विकास सबै रोकिने स्थिति बनेको उल्लेख गर्दै पुराना ऐनहरु संशोधन गर्ने पनि बताउनुभयो । उहाँले वन ऐन संशोधनपछि एउटा ठूलो क्रान्ति हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले सरकारको तर्फबाट अहिलेसम्म राम्रा कामहरु भएको बताउँदै अझै राम्रा कामका लागि प्रयास गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू