अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५२ | Colorodo: 20:07

मुलुकको निकासका लागि वर्तमान सरकार विघटन गर्नु नै सही निर्णय हुन्छ : अध्यक्ष साह

बिआरटीनेपाल २०८० मंसिर ११ गते ५:२३ मा प्रकाशित

जनता पार्टीका अध्यक्ष प्रभु साहले सत्तारुढ गठबन्धन सरकार विघटन हुनुपर्ने बताउनुभएको छ । मुलुकलाई संकटबाट निकास दिनका लागि वर्तमान सरकार विघटन गरी अन्तरिम सरकार बनाएर अघि बढ्नु नै सही निर्णय हुने अध्यक्ष साहको जिकिर थियो । सोमबार काठमाडौंमा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै अध्यक्ष साहले विचौलिया र दलालहरुको हिस्साको रुपमा काम गरिरहेको सरकारलाई विघटन गर्नुको विकल्प नरहेको दोहोर्‍याउनुभयो ।

अध्यक्ष साहले मुलुकमा विद्यमान राजनीतिक अराजकतालाई अन्त्य गर्नका लागि राष्ट्रपतिय प्रणालीमा जानुपर्ने प्रश्ताव समेत गर्नुभयो । उहाँले सरकारले मिटरब्याजीको नाममा भ्रष्टाचार र घुसखोरीलाई बढावा दिएको उल्लेख गर्दै त्यसविरुद्ध आफ्नो पार्टीले आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो । त्यस अवसरमा अध्यक्ष साहले राजनीतिक दलहरुले जनमतको अपमान गरेको भन्दै आफ्नो पार्टीले जनमत फिर्ता अभियानलाई अघि बढाउने घोषणा समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू