अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५६ | Colorodo: 09:11

बल्खुमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

बिआरटीनेपाल २०८० मंसिर ७ गते ५:१७ मा प्रकाशित

बल्खुमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ को जुलुस कालीमाटीतर्फ जान लाग्दा प्रहरीले रोकेको थियो । त्यस क्रममा झडप भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । प्रहरीले उनीहरूमाथि पानीको फोहरासमेत प्रहार गरेको छ ।

प्रहरीले अहिले प्रदर्शनकारीलाई बल्खुमै रोकेको छ। आजको विरोध प्रदर्शनका लागि काठमाण्डौ जिल्ला प्रशासनले प्रसाईं समूहलाई बल्खु र नेकपा एमाले निकट युवा सङ्घलाई तीनकुने तोकेको थियो ।

यसअघि बल्खुमा दुर्गा प्रसाईंका समर्थक र एमाले निकट युवा सङ्घका कार्यकर्ताबीच झडप भएको थियो । प्रसाईं नेतृत्वको महाअभियानले बल्खुमा आयोजना गरेको प्रदर्शनमा युवा सङ्घका कार्यकर्ता पुगेपछि दुई समूहबीच ढुङ्गा हानाहान भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू