अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२६ | Colorodo: 11:41

माओवादीले गठबन्धनमा छलफल गरेर मात्रै शिक्षा विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने

बिआरटीनेपाल २०८० असोज २२ गते ८:१६ मा प्रकाशित

सत्तारुढ नेकपा ९माओवादी केन्द्र०ले सर्वदलीय बैठकको निचोड र सत्तारुढ गठबन्धनसँग छलफल गरेर मात्रै विद्यालय शिक्षा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने भएको छ। सोमबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले आजै प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा पनि विद्यालय शिक्षा विधेयकको सम्बन्धमा छलफल हुने भन्दै सो छलफलको निचोडपछि मात्रै विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय भएको हो।

त्यस्तै, संशोधन प्रस्ताव दर्ताअघि सत्तारुढ गठबन्धनका दलहरुसँग पनि कुराकानी गर्ने निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो। विधेयक विषयगत समितिमा आएपछि त्यसबारे थप छलफल गर्ने पनि उहाँले बताउनुभयो । त्यसैगरी बैठकमा संयुक्त राष्ट्रसंघका महासचिवले असोज २७ गतेको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएकाले सो दिन सबैले सहभागिता जनाउने कुरा पनि भएको उहाँले जानकारी दिनुभयो । संसदको चालु अधिवेशन अन्त्यपछि सांसदहरुले जनतासँग जोडिने काम गर्न र सरकारले गरेका कामहरु जनतालाई जानकारी दिन पनि भनिएको उपाण्डेको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू