अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४० | Colorodo: 14:55

सार्वजनिक सञ्चारमाध्यमलाई जनताप्रति जवाफदेही र उत्तरदायी बनाउन विधेयक : सञ्चारमन्त्री

बिआरटीनेपाल २०८० असोज ९ गते ६:२४ मा प्रकाशित

सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल सुरु भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा उक्त विधेयकमाथि दफावार छलफल सुरु गरिएको हो ।बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक सञ्चारमाध्यमलाई जनताप्रति जवाफदेही र उत्तरदायी बनाउन यो विधेयक अघि बढाइएको बताउनुभयो ।

उहाँले विधेयकप्रति आएका संशोधनमाथि पनि छलफल गरेर जनउत्तरदायी बनाइने प्रतिबद्धता जनाउनुभयो। ०७७ सालमा विधेयक प्रस्तुत गरिएकाले यसबीचमा भएको परिवर्तनलाई समेत ध्यानमा राखेर विधेयक अघि बढाइने शर्माको भनाइ छ । मन्त्री शर्माले सरकारी सञ्चारमाध्यमलाई राष्ट्रिय सार्वजनिक सेवा प्रसारणका रूपमा रूपान्तरण गरिने बताउनुभयो।

बैठकमा समिति सदस्यहरूले सार्वजनिक सेवा प्रसारण संस्थालाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाइनुपर्नेमा जोड दिएका छन् । सूचनाको पहुँच विस्तार गरी मुलुकको साझा संस्थाका रूपमा अघि बढाइनुपर्ने उनीहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू