अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४० | Colorodo: 20:55

पहिरोमा पुरिएर गुल्मीमा १ जनाको ज्यान गयो

बिआरटीनेपाल २०८० असोज ८ गते ६:४४ मा प्रकाशित

पहिराेमा पुरिएर गुल्मीमा १ जनाको ज्यान गएको छ । पहिराेमा पुरिएर प्युठानकाे गौमुखी गाउँपालिका–३ का १७ वर्षीय डोरबहादुर घर्तीकाे ज्यान गएकाे  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नविनकिशोर प्रधानले जानकारी दिनुभयाे ।

रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा शेरबहादुर बेलबासेको घर निर्माण गर्ने क्रममा माथिबाट पहिरो खस्दा घर्तीको घटनास्थलमै ज्यान गएको एसपी प्रधानले बताउनुभयो ।पहिरोमा परेर घरधनी ७९ वर्षीय शेरबहादुर बेलबासे र प्युठानकाे गाैमुखी–३ का २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएका छन् । गुल्मीमा गएकाे ३ दिनदेखि लगातार पानी परिरहेकाे छ । वर्षाका कारण गुल्मीकाे जनजीवन प्रभावित भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू