अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२६ | Colorodo: 12:41

नेपाली सेनाको योगदान र उद्देश्य समेटिएको गीत सार्वजनिक

बिआरटीनेपाल २०८० असोज २ गते ७:२४ मा प्रकाशित

नेपाली सेनाले आज राष्ट्रिय एकताको प्रतीक बीर नेपाली सेना राष्ट्रिय गीत सार्वजनिक गरेको छ । नेपाली सेनाका प्रधानसेनापती प्रभुराम शर्माले आज एक समारोहकाबीच सो गीत र छाँयाचित्रको बमोचन गर्नुभयो । नेपाली सेनाका उपरथी बाब्राम श्रेष्ठको शब्द रहेको उक्त गीतको संगीतकार राजेन्द्र बजगाई रहेको छ भने गायक सुवास तिमिल्सिना र गायिका गीता पाण्डेको स्वर रहेको छ ।

यस गीतको छायाँ चित्र निर्देशकमा नेपाली सेनाका सेनानी बिशेष पौडेल रहेका छन् । नेपाली सेनाको परिचय, योगदान र उद्देश्य समेटिएको यस गीतका हरेक दृश्य आम नेपालीको मन छुने खालको रहेको छ । यस गीतका गीतकार उपरथी बाबुराम श्रेष्ठले यसअघि पनि नेपाली सेना सम्बन्धित गीतहरु सार्वजनिक गरिसक्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू