अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०६
| Colorodo: 05:21
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताउनुभएको छ । गोरखा सदरमुकाममा आज आयोजित आमसभामा उहाँले एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको बताउनुभयो।
“हामी व्यक्ति र पार्टी बनाउन हिँडेका होइनौँ, मुलुकमा परिवर्तन गर्न हिँडेका हौँ”, सभापति लामिछानेले भन्नुभयो। नेपाली जनताले रास्वपालाई आशा र भरोसाको पार्टीका रुपमा हेरेको उहाँको भनाइ थियो। देशलाई समृद्ध बनाउने रास्वपाको अभियान रहेको उल्लेख गर्दै सभापति लामिछानेले क्षमतावान व्यक्तिलाई राजनीतिमा लिएर जान चाहेको जिकिर गर्नुभयो । सभापति लामिछानेले पद पाउनका लागि मात्र आउनेलाई पार्टीले स्वीकार नगर्ने बताउनुभयो ।