अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१६ | Colorodo: 20:31

समानुपातिक सिट हटाएर २४० सिटमा प्रत्यक्ष निर्वाचन गरौं कांग्रेस नेता डा। शेखर

बिआरटीनेपाल २०८० भदौ २३ गते ७:१८ मा प्रकाशित

कांग्रेस नेता डा. शेखर कोइरालाले निर्वाचन प्रत्यक्ष नै गर्नुपर्ने भन्दै १६५ बाट बढाएर २४० क्षेत्र पुर्याउन प्रस्ताव गर्नुभएको छ । कांग्रेसको चितवन जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले अहिलेको प्रत्यक्ष सिटमा संख्याबाट ७५ सिट बढाएर एक सिट समानुपातिक सिट हटाउनुपर्ने बताउनुभएको हो ।

‘हामी प्रत्यक्ष निर्वाचनमा जानुपर्छ । अहिले प्रत्यक्षमा १६५ सिट छ । यसलाई अलिकति बढाऊँ । संविधानसभामा २४० वटा सिट थियो । अब ७५ सिट बढाऊँ । यसमा महिला र दलितलाई आरक्षण गरेर चुनाव लडाऊ,’ काईरालाले भन्नुभयो, ‘अल्पसंख्यक थारू, जनजातिसहितलाई समानुपातिक आधारमा राष्ट्रिय सभामा लानुपर्छ ।’

यसका लागि संविधान शंसोधनको पक्षमा कांग्रेस र एमाले तयार रहेको पनि उहाँले बताउनुभयो । ‘कांग्रेसले मात्रै भनेर हुँदैन संविधान संसोधन गर्नुपर्छ । एमाले मान्छ । तर माओवादी र अन्य दल मान्ने पक्षमा आजका दिनमा छैनन् । तर छलफल अघि बढाउँदा निर्वाचनभन्दा अगाडि नै हामी निचोडमा पुग्छौं भन्ने लाग्छ,’ कोईरालाले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू