अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०३ | Colorodo: 07:18

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश कार्कीको इजलासमा

बिआरटीनेपाल २०८० भदौ २१ गते ५:३५ मा प्रकाशित

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी जिल्ला अदालत काठमाडौंका न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको छ । लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा बलात्कारको मुद्दा परेको थियो । उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ ।यही भदौ १० गते सो मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

बिहिबार न्यायाधीश कार्कीको इजलासमा क्रमसङ्ख्या ३ मा पेसी तोकिएको हो । भदौ १० गतेको पेसीमा हेर्न नभ्याउने भएपछि लामिछाने भदौ ११ गते एसिया कप क्रिकेट खेल्न पाकिस्तान गएका थिए । लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो । यसअघि सो मुद्दा पटक– पेसीमा चढिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय