अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२५ | Colorodo: 04:40

नेपालको चुच्चे नक्सालाई मान्यता नदिएसम्म प्रधानमन्त्री चीन भ्रमणमा जानु हुँदैन :राप्रपा प्रमुख सचेतक शाही

बिआरटीनेपाल २०८० भदौ १८ गते ६:४७ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले चीनले नेपालको चुच्चे नक्शालाई मान्यता दिएमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा जान मिल्ने बताउनुभएको छ ।प्रधानमन्त्री दाहालको चीन भ्रमणको तयारी भइरहँदा प्रमुख सचेतक शाहीले नेपालको चुच्चे नक्सा चीनले स्वीकार गरेमात्रै सो भ्रमणमा जान मिल्ने जिकिर गर्नुभएको हो ।

अन्यथा प्रधानमन्त्री दाहालमाथि तत्कालिन मन्त्रीपरिषद् र संसदको शतप्रतिशत मतले पारित गरेको सो चुच्चे नक्सालाई अस्वीकार गरेको ठहर्ने उहाँको भनाई थियो । सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ प्रमुख सचेतक शाहीले चीनले नेपालको चुच्चे नक्सा सार्वजनिक नगर्दै सो देशको भ्रमणमा गए उहाँको राष्ट्रवादमाथि पनि प्रश्न उठने बताउनुभयो । प्रमुख सचेतक शाहीले प्रधानमन्त्री दाहालले सत्ता टिकाउने कामका लागि विदेश भ्रमण गर्न नहुने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू