अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५३ | Colorodo: 08:08

विषालु च्याउ खाँदा बझाङमा दुई जना बालबालिकाको ज्यान गयो, आमा बिरामी

बिआरटीनेपाल २०८० भदौ १५ गते ७:३७ मा प्रकाशित

विषालु च्याउ खाँदा बझाङमा दुई जना बालबालिकाको ज्यान गएको छ । विषालु च्याउ खाँदी उनीहरूकी आमा बिरामी पर्नुभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जङ्गली विषालु च्याउ खाएर बिरामी परेका जयपृथ्वी नगरपालिका–६ नौराका १२ वर्षका सुदीप कठायत र उनकी सात वर्षकी बहिनी एञ्जिलाको ज्यान गएको हो । आमा पुनीको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

जङ्गली च्याउ खाएर गम्भीर बिरामी परेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा एञ्जिलाको हिजो बिहीवार बिहान र सुदीपको गए राति ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू