अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:११ | Colorodo: 12:26

पाल्पामा जीप दुर्घटना- ३ जनाको मृत्यु

बिआरटीनेपाल २०८० भदौ १३ गते ९:५३ मा प्रकाशित

पाल्पामा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । गुल्मीबाट पाल्पा भएर बुटवल जाने क्रममा लु १ ज ४६०० नम्बरको जीप बुधबार बिहान रिब्दीकोट गाउँपालिका–२ देउराली जोर्ते र लघुवाको बीचमा सुख्खा पहिरोमा पुरिएको हो । पहिरोमा जीप पुरिँदा गुल्मीको रेसुङ्गा नगरपालिका–७, की ५० वर्षीया मनकला चुँदारा, गुल्मी प्रहरीमा कार्यरत प्रहरी सहायक हवल्दार तानसेन नगरपालिका–११, बन्दीपोखराका ४२ वर्षीय यमबहादुर बोहोरा र पोखरा महानगरपालिका–२५, हेम्जाका ३१ वर्षीय विनोद तिम्सिनाको मृत्यु भएको पाल्पा प्रहरीले पुष्टि गरेको छ ।

प्रहरी अनुसार दुर्घटनामा घाइते ८ जनामध्ये चालक बालकृष्ण श्रेष्ठ सकुशल रहेका छन् । बाँकी ७ जनाको तानसेन पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । जीप पुरिएको स्थानमा सडक डिभिजन पाल्पाले रातिको समयमा १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर सडक स्तरोन्नतिको काम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू