अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३५ | Colorodo: 06:50

कम्युनिस्टहरू कसरी जुट्दै छन् भनेर हामी देखाउँछौँ – विप्लव

बिआरटीनेपाल २०८० भदौ ११ गते ७:०२ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी विभाजन हुँदा खुसी हुनेहरूलाई कसरी जुट्दैछौं भन्ने देखाउने जिकिर गर्नुभएको छ । एमसीसी कार्यान्वयविरूद्ध सोमबार पार्टीले गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले सबै कम्युनिस्टहरू एक ठाउँमा आउने जिकिर गर्नुभएको हो ।

‘फुटेका भनेका पनि यहाँ जुटेका छन् । बाहिर खुसी भएर रमाएका थिए, बल्ल खायौ भनेर । अब हेर हामी कसरी जुट्दैछौं’, उविप्लवले भन्नभयो। कार्यक्रममा पूर्वमाओवादी लडाकु, नेपाली सेनाका पूर्व जनरल, झापा विद्रोहका योद्धाहरूदेखि सशस्त्र विद्रोह गरेका माओवादीसम्म एक ठाउँमा उभिएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

देशमाथि इतिहासकै ठुलो साम्राज्यवादी हमला हुन लागेको भन्दै विप्लवले राष्ट्रियताको रक्षाका लागि सबै प्रगतिशील पार्टीहरू एक ठाउँमा आउन जरुरी रहको बताउनुभयो। एमसीसी २१ औँ शताब्दीको साम्राज्यवादी उपनिवेश भएको जिकिर गर्दै उहाँले खारेजीको लागि सडक सङ्घर्ष गर्नुपर्ने धारणा राख्नुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू