नेकपा ९मसाल० का महामन्त्री मोहन विक्रम सिंहले गणतन्त्र र संघीयता गुम्नसक्ने सम्भावना रहेको दाबी गर्नुभएको छ । मुख प्रतिपक्षी दल नेकपा एमाले पनि यस मुद्दामा प्रतिगमनतर्फ लागको उहाँले आरोप लगाउनुभयो । ‘राजावादी, प्रतिगामी र विदेशी धेरै शक्तिहरुले गणतन्त्र र संघीयतामाथि हमला गरिरहेको सिंहले बताउनुभयो । प्रदेशस्तरीय पार्टी कार्याकर्ता प्रशिक्षण कार्यक्रममा धनगढी पुग्नुभएका महामन्त्री सिंहले नेपालभित्र मात्र नभइ विदेशीहरु विशेषगरी भारतको नीतिका कारण पनि गणतन्त्र गम्भीर संकटमा परेको बताउनुभयो । भारतका शत्ताधारी पार्टीहरु खुला रुपमा नेपाललाई हिन्दूराष्ट्र बनाउने गतिविधिमा संलग्न देखिएको उहाको टिप्पणी थियो ।
नेपालमा पनि राजावादी शक्तिहरु विगतभन्दा निकै बलिया भएको सिंहले दाबी गर्नुभयो । साथै भारतमा आउने २०२४ को निर्वाचनमा पुनः कट्टरपन्थी हिन्दूवादीले जिते भने नेपाललाई ठूलो क्षति पुग्नसक्ने उहाँको भनाइ थियो । महामन्त्री सिंहले भन्नुभयो, ‘सबै मिलेर राजा फर्कन दिनु हुँदैन भन्ने मान्यता हो । पूरा शक्ति अहिले राजतन्त्र फर्काउने अभियानमा लागेको छ । एक पटक प्राप्त भएको उपलब्धि गुम्न नदिन सबै एकजुट हुनुपर्ने हो ।’ तर संघीयतासँगै देशमा विखण्डन आएको र संकट निम्त्याएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।२०१७ साल र ०५९ सालमा राजाले गरेको कू भन्दा अहिलेको अवस्था जटिल भएकाले सबै राष्ट्रवादी शक्तिहरु एक हुनुपर्नेमा सिंहले जोड दिनुभयो ।