अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०८
| Colorodo: 19:23
धरान उपमहानगरपालिका प्रमुखलाई उच्च अदालत विराटनगरले व्यक्तिको जग्गामा जबर्जस्ती नपस्न र धरपकड नगर्न आदेश दिएको छ ।
न्यायाधीश दिनेशप्रसाद यादवको इजलासले नगर प्रमुख हर्क साम्पाङलाई व्यक्तिको जग्गामा प्रवेश नगर्न, थुनामा नराख्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको हो । उच्च अदालतले रोशन अधिकारी र रोजिना अधिकारीले नगरप्रमुख साम्पाङविरूद्ध रिट दायर गरेको रिट सुनुवाइ गर्दै व्यक्तिको जग्गामा जबरजस्ती नगर्न निषेधाज्ञा नै जारी गरेको छ ।
नगरप्रमुख साम्पाङले धरान ४ स्थित छोटी मोरङ डाँडा रहेको अधिकारी दम्पतीको जग्गामा गएको साउन ६ गते गराउनु्भएको थियो । वृक्षरोपण गरिएको जग्गा अधिकारी दम्पतीले आफ्नो भएको दाबी गर्दै आएका छन् । नगरप्रमुख साम्पाङले भने त्यो जग्गा सट्टाभर्नाको भएकाले वृक्षरोपण गरिएको दाबी गर्दै आउनुभएको छ ।