अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४५ | Colorodo: 23:00

जलवायु परिवर्तनमा नेपालले प्रभावकारी काम गर्न सकेन : वनमन्त्री महतो

बिआरटीनेपाल २०८० भदौ १ गते ६:३८ मा प्रकाशित

वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनमा नेपालले प्रभावकारी तवरबाट काम गर्न नसकेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा वनमन्त्री महतोले कानन, योजना नभएका कारण जलवायु परिवर्तनमा नेपालले राम्रोसँग काम गर्न नसकेको बताउनुभएको हो । उहाँले अन्तर मन्त्रालय समन्वय नहुँदा पनि जलवायु परिवर्तनको क्षेत्रमा काम गर्न अफ्ठ्यारो भइरहेको बताउनुभयो ।

मन्त्री महतोले कार्बनमा काम गर्ने कुनै संयन्त्र नै नभएको बताउनुभयो । उहाँले जलवायु, वातावरण लगायतसँग सम्बन्धित अन्तर्राष्ट्रिय सम्मेलनमा बुझ्दै नबुझीकनन हस्ताक्षर गर्दा समस्या सिर्जना भएको बताउनुभयो । उहाँले जंगली जनावरको संख्या बढाएपनि यसको संरक्षणमा चुनौति खडा भएको बताउनुभयो । मन्त्री महतोले बाघको संख्या उल्लेख्य बढाएपनि संरक्षण गर्न ठूलो चुनौति देखिएको बताउनुभयो । अहिले विदेशीले भनेको कुरामा हस्ताक्षर गर्दा जंगलमा भएको जनावर र मानिसबीच द्वन्द्वको अवस्था सृजना भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू