अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

अध्यक्ष ओली र भीम रावलबीच भेटवार्ता

बिआरटीनेपाल २०८० साउन ३० गते ७:४७ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच भेटवार्ता भएको छ । रावलले मंगलबार दिउँसो च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर ओलीलाई भेट गर्नुभएको हो ।

चितवनमा भएको १० औं महाधिवेशनमा ओलीलाई अध्यक्षमा चुनौति दिएका रावल त्यसयता च्यासल पुग्नुभएको थिएन् । आफूसँग प्रतिस्पर्धा गरेपछि रुष्ट बनेका ओलीले रावललाई एमालेबाट किनारा लाउन खोज्नुभएको थियो । २०७९ मंसिरको चुनावमा टिकटसमेत नदिएपछि पार्टी छाड्ने आकलन गरिएपनि रावल एमालेमै सक्रिय हुनुहुन्थ्यो ।

ओलीले पछिल्लो समय पार्टी पदाधिकारी र असन्तुष्ट अन्य नेताहरूसँग पनि निरन्तर संवाद गर्दै आउनुभएको छ । आफ्ना कटु आलोचक रावलसँग ओलीको यो संवादलाई एमालेवृत्तमा सकारात्मक सन्देशको रुपमा चर्चा गर्न थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू