अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५० | Colorodo: 04:05

सुन तस्करी प्रकरण अनुसन्धानमा सघाउन आफू तयार रहेको महराको दाबी

बिआरटीनेपाल २०८० साउन ३० गते ६:४८ मा प्रकाशित

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धानका लागि सरकारलाई सघाउन आफू तयार रहेको बताउनुभएको छ । दाङमा मंगलबार पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको विषयमा सरकारलाई अनुसन्धानका लागि सघाउन तयार रहेको बताउनु भएको हो ।

सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति आफू तयार रहेको उहाँको भनाई थियो । सुन तस्करी प्रकरणमा जोडिएका भनिएका चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको उहाँको प्रष्टीकरण छ । महराले सुन प्रकरणमा आफूलाई विनाकारण मुछिएको गुनासो गर्नुभयो । उहाँले सुन तस्करीमा कुनै टोलिफोन संवाद नभएको दावी पनि गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू