अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 04:45

सुन तस्करी प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ

बिआरटीनेपाल २०८० साउन २६ गते ७:५२ मा प्रकाशित

सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप २ चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । सर्वाधिक खोजीमा रहेका उनीहरूलाई आज बिहान पौने ८ बजे पक्राउ गरिएको सीआईबी स्रोतले बताएको  छ । सीआईबी टोलीले चिनियाँ नागरिक ली गैलिन र लिओ फुयानलाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

हिमालय एयरलाइन्सको उडानमार्फत चीनतर्फ प्रस्थान गर्दैगर्दा पक्राउ गरिएको छ । सुन तस्करीमा उनीहरूको संलग्नता पुष्टि भएपछि सीआईबीले खोजी गरिरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू