अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४२ | Colorodo: 01:57

संसदकाे गतिराेध हटाउन राष्ट्रपतिद्वारा सभामुखकाे ध्यानाकर्षण

बिआरटीनेपाल २०८० साउन २६ गते ७:४१ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा जारी गतिरोधप्रति चासो व्यक्त गर्नुभएको छ ।सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शीतल निवासमा शुक्रबार बिहान भएको भेटमा उहाँले संसद्को गतिरोधप्रति चासो राख्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र कानून निर्माणमासमेत बाधा पुग्ने भन्दै गतिरोध हटाउन भइरहेको पहलबारे जिज्ञासा राख्नुभएको थियो । राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूलाई विश्वासमा लिएर संसद खुलाउनका लागि आवश्यक पहल गर्न सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष तिमिल्सेनाको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया