अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०३
| Colorodo: 11:18
सत्तारूढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । बैठक संघीय संसद् भवन बानेश्वरस्थित ल्होत्से हलमा बस्ने गरी सूचना आएको सांसद प्रतीमा गौतमले जानकारी दिनुभयो ।
यसअघि, देउवाले संसदीय दल कार्यसमितिको बैठक पनि बोलाएका छन् । बैठक उहाँकै निवास धुम्बाराहीमा बस्ने गरी बोलाइएको हो । संसदीय दल कार्यसमिति बैठकमा दलका नेता देउवासहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा प्रमुख सचेतक रमेश लेखक र सचेतक सुशिला थिङ् उपस्थित रहने जानकारी दिइएको छ ।
गएको साउन १० गते निरन्तर संसद् बैठकमा एमालेले अवरोध गरिरहेको छ । कांग्रेसले संसद्को गतिरोध अन्त्यको विषयमा छलफल हुने बताइएको छ ।