अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३२ | Colorodo: 22:47

शेयर बजार सामान्य बढ्यो, २ अर्ब १५ करोड रुपैयाँको कारोबार

बिआरटीनेपाल २०८० साउन २५ गते ६:४४ मा प्रकाशित

काराेबार हुने हप्ताको अन्तिम दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार पाँच दशमलव १३ अङ्कले बढेर दुई हजार ६६ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।

आज होटल, जलविद्युत्, लगानी, उत्पादन, म्युचल फन्ड, बीमा, अन्य र व्यापार समूहको शेयर बढेको छ । सबैभन्दा धेरै एसियन लघुवित्तको शेयर नौ प्रतिशत र सिंगटी हाइड्रोको शेयर साढे सात प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै हिमालयन लघुवित्तको शेयर साढे छ प्रतिशत र सुपर मादी हाइड्रो पावर कम्पनीको शेयर मूल्य झन्डै छ प्रतिशतले ओरालो लागेको छ ।

आज दुई सय ६९ वटा कम्पनीका ५५ लाख तीन हजार कित्ता शेयर किनबेच भएका छन् । ५७ हजार सात सय पटक भएका कारोबारबाट दुई अर्ब १५ करोड ६५ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । सबैभन्दा धेरै सोल्टी होटलको १६ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू