अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४१ | Colorodo: 18:56

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिया कपको अन्तिम तयारी कराँचीमा गर्ने

बिआरटीनेपाल २०८० साउन २४ गते ७:४९ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिया कपको अन्तिम तयारी पाकिस्तानको कराँचीमा गर्ने भएको छ । पाकिस्तानसँग एसिया कपको पहिलो खेल खेल्नुअघि नेपाली टोली आठ दिन अघि नै पाकिस्तानको कराँची पुग्ने भएको पाकिस्तानको समा न्युजले उल्लेख गरेको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) लाई नेपाली टोलीलाई एसिया कपअघि पाकिस्तानमा अभ्यास गराउने व्यवस्था मिलाइदिन अनुरोध गरेको थियो । उक्त अनुरोधलाई पिसिबीले स्विकार गर्दै नेपाली टोलीलाई कराँचीमा अभ्यास गराउने व्यवस्था मिलाएको हो ।

नेपाली टोली भदौ ५ मा कराँची पुग्नेछ । टोलीले भदौ ९ सम्म कराँचीमा अभ्यास खेल र प्रशिक्षण गर्नेछ । त्यहाँ स्थानीय टिमसँग नेपालले अभ्यास खेल पनि खेल्ने तयारी छ । नेपाल र पाकिस्तानबीचको एसिया कपको पहिलो खेल भदौ १३ मा मुल्तानमा हुनेछ । पहिलोपटक एसिया कप खेल्न लागेको नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै भारत र पाकिस्तान छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू