अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:११ | Colorodo: 04:26

प्रिमियर लिगमा टोटनहम र आर्सनल तथा वुल्भ्स र न्युक्यासल खेल्दै

बिआरटीनेपाल २०८१ भदौ ३० गते ५:४६ मा प्रकाशित

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा टोटनहम र आर्सनल खेल्दैछन् । यो खेल बेलुका पौने ७ बजे टोटनहमको घरेलु मैदानमा शुरू हुनेछ ।आर्सनल ३ खेलमा ७ अङ्कसहित तालिकाको छैटौं स्थानमा छ । टोटनहम ३ खेलमा ४ अङ्कसहित १३ औं स्थानमा छ ।

यस्तै दोस्रो खेलमा वुल्भ्स र न्युक्यासल खेल्दैछन् । यो खेल राति सवा ९ बजे उल्भ्सको घरेलु मैदानमा शुरू हुनेछ । न्युक्यासल ३ खेलमा ७ अङ्कसहित तालिकाको आठौं स्थानमा छ । वुल्भ्स ३ खेलमा १ अङ्कसहित १८ औं स्थानमा छ । प्रिमियर लिगमा म्यानचेस्टर सिटी चार खेलमा १२ अंकसहित शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू