अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५७ | Colorodo: 02:12

सूचना प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको सञ्चारमन्त्री शर्माको भनाइ

बिआरटीनेपाल २०८० साउन १५ गते ४:३७ मा प्रकाशित

 सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि राष्ट्रिय प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । सर्वाङ्गीण विकास अध्ययन संस्था (आईआईडीएस) ले साेमबार गरेको कार्यक्रममा मन्त्री शर्माले सरकारले व्यवस्थित रुपमा ऐन कानूनहरुलाई परिमार्जन गरेर सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित गरी मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्ने बताउनुभयो ।

उहाँले सूचना प्रविधिको विकासका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको बताउनुभयो । मन्त्री शर्माले अब नेपालबाट विदेशमा श्रमिक नभएर सेवा निर्यात गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले यसका लागि सरकारले सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताउनुभयो । उहाँले विज्ञहरुको सुझाव लिएर सरकारले नयाँ कार्यक्रमको थालनी र पुराना कार्यक्रमको परिमार्जन गरी अघि बढ्ने उल्लेख गर्नुभयो ।

मन्त्री शर्माले संघीय निजामती ऐनमा आईटी समूह राख्नका लागि प्रयास भइरहेको बताउनुभयो । उहाँले सरकारी सेवालाई नै आधुनिक बनाउने बाहेक सरकारले नयाँ कार्यक्रममार्फत पूर्वाधार निर्माण तथा सेवाको गुणस्तर बढाउन काम गरिरहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू