अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०३ | Colorodo: 13:18

सरकारले केही गर्न खाेजेजस्ताे देखियाे तर संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन सकेन : रवि लामिछाने

बिआरटीनेपाल २०८० साउन १३ गते ४:४४ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन नसकेको बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै उहाँले धेरै कानुन निर्माण गर्नुपर्ने संसद्ले पर्याप्त बिजनेस नपाएको गुनासो गर्नु भएकाे हाे ।  सभापति लामिछानेले भन्नुभयो, ‘भ्रष्टाचारका विषयमा सरकारले केही गर्न खोजेको हो कि जस्तो देखिएको छ । केही राम्रा सङ्केत पनि देखिएका छन् । तर ती पर्याप्त छैनन् ।’ सरकारको मूल्याङ्कन गर्ने धेरै आधार हुने उल्लेख गर्दै उहाँले सुशासनका लागि चाल्न खोजेका कदम सकारात्मक भएको बताउनुभयो ।

सुनकाण्डमा सरकारले चित्तबुझ्दो काम गर्न नसकेको उल्लेख गर्दै सभापति लामिछानेले भरिया समाउने र मालिक उम्काउने खेल हुनसक्ने भन्दै सबैलाई सचेत हुन आग्रह गर्नुभयो । यस्तै, पार्टीमा धेरै थरीका व्यक्तिको प्रवेश भएको दाबी गर्दै सभापति लामिछानेले गलत गर्ने जो कोहीलाई पनि कारबाही गरिने बताउनुभयो । ‘गलत कुरालाई पार्टीभित्र प्रवेश गर्न दिँदैनौँ’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू