अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३५ | Colorodo: 11:50

जङ्गली च्याउ खाँदा साेलुखुम्बुमा ७ जना बिरामी

बिआरटीनेपाल २०८० साउन १० गते ९:०५ मा प्रकाशित

सोलखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ बेलिडाँडामा जङ्गली विषालु च्याउ खाँदा सात जना बिरामी परेका छन् ।

मङ्गलवार जङ्गलबाट ल्याएको च्याउ पकाएर खाँदा तीन परिवारका सात जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार बिरामी पर्नेमा वर्ष ४६ का रामबहादुर मगर, वर्ष ४५ का कुमार मगर, वर्ष २२ की सुनिता मगर, वर्ष ३२ का डोलबहादुर खड्का, वर्ष ५८ की डिकुरीमाया मगर, वर्ष ४६ का इन्द्रबहादुर मगर र वर्ष ४० का काले कार्की रहेका छन् ।

बिरामीमध्ये कार्कीको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको मेडिकल अधिकृत कविन्द्र राईले जानकारी दिनुभयो । अन्य छ जना स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि डिस्चार्ज भएका प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू