अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१० | Colorodo: 20:25

२१ वर्षपछि विशेष अदालतको नियमावली आउँदै

बिआरटीनेपाल २०८० असार ३१ गते ७:२५ मा प्रकाशित

विशेष अदालतले गठन भएको २१ वर्षपछि आफ्नै नियमावली पाउने निश्चित भएको छ । विशेष अदालतको वार्षिक समिक्षा सार्वजनिक गर्न गरेको पत्रकार सम्मेलनमा विशेष अदालतका रजिष्ट्रार अशोककुमार क्षेत्रीले नियमावलीको तर्जुमा अन्तिम चरणमा पुगेको र केही दिनमा राजपत्रमा प्रकाशित हुने जानकारी दिनुभयो ।

यस्तै, रजिष्ट्रार क्षेत्रीले काठमाण्डौ बाहिर पनि विशेष अदालतका ईजलास विस्तार गर्न आवश्यक देखिएको बताउनुभयो । विशेष अदालत काठमाण्डौमा मात्र केन्द्रीत हुँदा समस्या भएको भन्दै सेवाग्राहीबाट अन्य जिल्लामा पनि ईजलास विस्तार गर्न माग गरिएको उहाँले जानकारी दिनुभयो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलले अदालतका भौतिक पूर्वाधारका अवस्थाको बारेमा पनि मिडिया क्षेत्रले समेट्नुपर्ने बताउनुभयो । अध्यक्ष पौडेलले अदालतभित्र हुने मिडिया ट्रायलको विषयलाई ख्याल गरिदिन आग्रह गर्नुभयो ।

विशेष अदालतले चालु आर्थिक वर्षको असार मसान्तसम्म फछ्र्यौट गर्नुपर्ने ६ सय २९ मुद्दामा २ सय ६९ थान मुद्दा फछ्यौट गरेको छ । जसमध्य १सय १२ थान मुद्दामा ठहर, ७५ थान मुद्दामा आंशिक ठहर र ८२ थान मुद्धामा सफाई हुने फैसला गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू