अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०९ | Colorodo: 19:24

‘वान एक्स बेट’ को विज्ञापन प्रसारण गर्ने कलाकार र विज्ञापन दिने व्यक्तिविरुद्ध मुद्दा दर्ता

बिआरटीनेपाल २०८० असार २५ गते ७:४३ मा प्रकाशित

सट्टेबाजी गर्ने ‘वान एक्स बेट’ को विज्ञापन गरेको आरोपमा पक्राउ परेका हास्य कलाकार तथा युट्युबरहरूविरुद्ध जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दर्ता भएको छ ।यस प्रकरणमा बल्छी धुर्वे भनिने मरिचमान श्रेष्ठ, राजु मास्टर भनिने राजु पौडेल, म्याकुरी नामबाट चिनिएका पवन खतिवडा, एलिस राई, जलन घर्तीमगर, गणेश देवकोटा, ढेडु बुढो नामले परिचित सरोज घिमिरे, भटभटे माइलाको नामले चिनिने बेगम नेपालीलाई प्रहरीले जेठ ३२ गते पक्राउ गरेको थियो । कलाकार कुशल पोखरेल भने फरार छन् । प्रहरीले एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिबानाको माग गरेको छ । उनीहरूले एक पटक विज्ञापन बजाएको २० हजार रुपैयाँसम्म लिने गरेको अभियोगपत्रमा उल्लेख छ ।

कलाकारहरूलाई सट्टेबाजीको विज्ञापन दिने दिनेश खड्का र अनिता धिताललाई भने नेपाल राष्ट्र बैंक ऐनअनुसार सात वर्षसम्म कैद गर्नुपर्ने माग गरिएको छ । खड्का र धितालसँग ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ बिगो भराउनसमेत माग गरिएको छ । खड्का र धिताललाई जेठ ३० गते प्रहरीले काठमाण्डाैकाे मैजुबहालबाट पक्राउ गरेको थियो । दुवै जनाले विभिन्न व्यक्तिको नाममा डिजिटल वालेट खोलेर कारोबार गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ । खड्का र धितालको बयानका आधारमा हास्य कलाकारहरू पक्राउ परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू