अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५९ | Colorodo: 11:14

एमाले सांसदकाे अवराेधपछि राष्ट्रियसभा बैठक स्थगित

बिआरटीनेपाल २०८० असार २१ गते ६:४३ मा प्रकाशित

राष्ट्रियसभाको आज बिहीवारको बैठकमा नेकपा एमालेका सांसदहरूले अवरोध गरेपछि बैठक स्थगित भएको छ । बैठक सुरु हुनासाथ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलका सांसद भैरवसुन्दर श्रेष्ठलाई बाेल्नका लागि अनुमति दिनुभयो । सांसद श्रेष्ठले केही दिन पहिलेको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएकाे अभिव्यक्ति राष्ट्रियहित विपरीत रहेको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्रीको भनाइ गलत भएको तर्क गर्दै त्यसविरुद्ध विरोध गर्ने आफ्नो संसदीय दलको निर्णय भएको बताउनुभयो ।

सभाध्यक्ष तिमिल्सिनाले पटक–पटक एमालेका सांसदहरूलाई आसन ग्रहण गर्न आग्रह गर्नुभयो । तर सांसदहरूले उभिएर विराेध जनाइरहे । सभाध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीलाई बोलाएर उहाँको धारणा सुन्ने वातावरण बनाउने र बजेटको संवेदनशीलतालाई ध्यानमा राखेर बैठक सञ्चालनका लागि आग्रह गर्नुभएको थियो । तर एमाले सांसदहरूले विराेध जनाइरहेपछि संसद् बैठक स्थगित भयाे । राष्ट्रियसभाको अर्को बैठक भाेलि शुक्रवार दिउँसाे १२ बजेर २९ मिनेटमा बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू