अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१० | Colorodo: 06:25

कार्साङमा अभिनेता बुद्धि तामाङ अनुबन्धित

बिआरटीनेपाल २०८० असार ७ गते १९:१९ मा प्रकाशित

काठमाडौँ । यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा अभिनेता बुद्धि तामाङ अनुबन्धित भएका छन् । यो फिल्म यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । यसअघि यो फिल्ममा मुख्य अभिनेताका रूपमा दयाहाङ राई फाइनल भइसकेका छन् । यसै फिल्मका लागि अर्को मुख्य अभिनेताका रूपमा बुद्धि तामाङ भित्रिएका हुन् ।

पुरुषोत्तम प्रधानको छायाङ्कन रहने फिल्ममा उनी निर्माताका रूपमा पनि जोडिएका छन् । फिल्मको छायाङ्कन बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ ।

सामाजिक कथामा बन्ने फिल्ममा अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने उनले खुलाए । फिल्मकी प्रमुख अभिनेत्री को हुने भन्ने बारे निर्माण पक्षले केही खुलाएको छैन ।

निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । यसअघि उनले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।

यो फिल्ममा दयाहाङ अनुबन्धित भएसँगै विदेशबाट ओभरसिस राइटस्का लागि माग बढी रहेको निर्माण पक्षको दाबी छ । फिल्मको छायाकंन तिहार लगतै गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू