अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३० | Colorodo: 23:45

कांग्रेसको संयोजनमा लोकतान्त्रिक समाजवादी पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

बिआरटीनेपाल २०८० असार ५ गते ७:१३ मा प्रकाशित

नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टीहरुको अन्तर्राष्ट्रिय संस्था ‘इन्टरनेसनल प्रोग्रेसिभ अलाइन्स’को सम्मेलन हुने भएको छ । आगामी आठ गते सुरु हुने सम्मेलनका लागि ३४ देशका पार्टीहरुले प्रतिनिधिहरुले आउने ‘कन्फर्मेसन’ गरिसकेका छन् । भारतीय राष्ट्रिय कांग्रेस, समाजवादीसहित जर्मन समाजवादी पार्टीका नेताहरु सम्मेलनमा आउने बताइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा आफू स्वयं सिंगापुरमा हुनुहुन्छ । उहाँ बुधबार स्वदेश फर्कँदै हुनुहुन्छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले भने यो समाचार तयार पार्दासम्म सम्मेलनको औपचारिक जानकारी पाएको छैन । पार्टी कार्यालयका मुख्यसचिव तथा राष्ट्रियसभा सदस्य डा। कृष्णप्रसाद पौडेल आफै अमेरिका भ्रमणमा जान लागेकाले बिदामा रहनुभएको छ । उहाँ बाहेकका पार्टी कार्यलयका सचिवहरुलाई सम्मेलनबारे कुनै जानकारी छैन ।

अन्तर्राष्ट्रिय प्रोग्रेसिभ अलाइन्स ‘आईएपीए’का सदस्य समेत रहेका डा। सुरेन्द्र चौधरीले अहिले सम्मेलनमा भाग लिने राष्ट्रका दलका प्रतिनिधिका लागि सम्पर्क व्यक्तिको रुपमा काम गरिरहनुभएको बताईन्छ । “आगामी २३ तारिखमा आईपीएको सम्मेलन हुँदै छ । त्यसका लागि आउने प्रतिनिधिमध्ये अहिलेसम्म २४ देशबाट मात्र कन्फर्म भएको छ,” चौधरीले भन्नुभयो, “नेपाली कांग्रेसको सभापतिज्यू पनि बाहिर नै हुनुहुन्छ । भोलिसम्म उहाँ आउनुहुन्छ । सहभागीहरुको टुंगो पनि लाग्दै जानेछ ।”

कांग्रेसले आईपीएको सम्मेलन भने बबरमहलस्थित बसेरा होटलमा राखेको छ । दुइवर्ष अघि कांग्रेसले आईपीए सम्मेलन होटल हिमालयमा आयोजना गरेका थियो । लोकतान्त्रिक समाजवादी पार्टीहरुको अन्तर्राष्ट्रिय संस्था ‘सोसलिस्ट इन्टरनेसनल’बाट अलग भएका पार्टीहरुले सन् २०१३ मा ‘प्रोग्रेसिभ अलाइन्स’ गठन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू