अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४१ | Colorodo: 22:56

सरकारले ल्याएको बजेटमा एक रुपता देखिएन : कांग्रेस सांसद पौडेल

बिआरटीनेपाल २०८० असार ४ गते ६:११ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले ल्याएको बजेटमा एकरुपता नदेखिएको बताउनुभएको छ ।सोमवार प्रतिनिधि सभा अन्तरर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पौडेलले निश्चित योजना समयमा नै सम्पन्न गर्नेगरी र पुराना योजना सबै सक्नेगरी बजेट आउनुपर्ने भएपनि त्यो अनुसार बजेटमा एकरुपता नदेखिएको बताउनुभएको हो । उहाँले सरकारले यो वर्ष पनि बजेट कनिका छरे जस्तै गरी बजेट छरेको बताउनु भयो ।

पौडेलले सरकारले बजेट मन्त्रालय वा जिल्लागत रुपमा योजना छनोट गर्दा एकरुपता कायम नगरेकाले अहिले समस्या देखिएको बताउनु भयो। उहाँले सरकारले पुँजीगत खर्च कम भएको थाहा पाउँदा पाउँदै त्यही अनुसारका योजना बनाउन नसकेको बताउनु भयो । सांसद पौडेलले रकारसँग पैसा कम भएकाले नयाँ योजना ल्याउनसक्ने स्थिति नभएको, पुराना आयोजनाहरुलाई सम्पन्न गर्न र सरकारको दायित्व पूरा गर्नुपर्ने तस्विर मन्त्रालयको बजेटमा आउन नसकेको पनि बताउनु भयो ।

सांसद सरकारको एउटा निकायले नेपाली सेनाले जिम्मा लिएको फास्टट्रयाक समयमा नै सम्पन्न गर्न नसक्नु सरकारको क्षमता माथि प्रश्न उठ्ने बताउनु भयो। उहाँले उक्त सडकको जिम्मा कुनै ठेकेदार र एउटा कुनै कम्पनीलाई नदिएको भन्दै नेपाली सेनालाई दिँदा समेत समयमा नै काम सम्पन्न हुन नसक्नु राम्रो पक्ष नभएको बताउनु भयो। उहाँले सडकको बन्ने लागत ५ गुणा बढेको तथा नागरिकहरुले बढी सास्ति पाएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू