अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५४ | Colorodo: 04:09

एमाले नेता मणि थापा विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्ने तयारी

बिआरटीनेपाल २०८० जेठ २४ गते ७:५५ मा प्रकाशित

नेकपा एमालेका नेता मणि थापा विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्ने तयारी गर्नुभएको छ । पार्टीमा हाल पत्र लेखेर बिदामा बसेका थापाले नेकपामा प्रवेश गर्न छलफल थाल्नुभएको हो । एमाले स्थायी समिति सदस्य समेत रहेका थापा आफ्ना पुराना सहकर्मी विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्ने योजनामा रहेको बताइएको छ ।

थापा केही समयअघि कम्युनिस्ट विचार बोक्ने कलाकर्मीहरूले आयोजना गरेको राष्ट्रका लागि सङ्गीत अभियानमा सहभागी देशभर घुम्नुभएको थियो। त्यो अवधिमा उहाँ एमालेका बैठकमा सहभागी नभई पूर्ण रूपमा निष्क्रिय भई बसेर सांस्कृतिक कार्यक्रममा मात्रै सहभागी हुनुभएको थियो । सांस्कृतिक कार्यक्रम सकिएपछि थापाले पार्टीलाई पत्र लेखेर बिदामा बसेको जानकारी गराउनुभएको थियो ।त्यसपछि थापालाई पार्टीले कुनै जिम्मेवारी नदिई स्थायी समितिमा मात्रै राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू