अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१२ | Colorodo: 20:27

पर्वतको कुश्मामा बस दुर्घटना हुँदा १८ जना घाईते

बिआरटीनेपाल २०८० जेठ २३ गते ७:३९ मा प्रकाशित

पर्वतको कुश्मामा बस दुर्घटना हुँदा १८ जना घाईते भएका छन् ।म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना ५ ख ३९९३ नम्बरको बस सोमबार दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाईते भएका छन् ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत अगाडि ओरालोमा पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।घाईते मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरी निरिक्षक अविनाश दिप जिसीले जानकारी दिनुभयो । अन्यको अवस्था भने सामान्य रहेको छ । अहिले सबै घाइतेको उपचार पर्वत अस्पतालमा भैरहेको छ । तीब्र गतिमा गुडेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू